सम्पूर्ण उपभोक्तालाई अनुरोध
सम्पूर्ण उपभोक्तालाई अनुरोध
उपभोक्ता संरक्षण ऐन, २०७५ मा "कुनै वस्तु वा सेवा प्रदायकले उपभोक्ता हित विरुद्ध वा यस ऐन वा यस ऐन अन्तर्गत बनेको कुनै नियम विपरीत कुनै काम कारबाही गरेमा त्यस्तो कुराको जानकारी पाउने जुनसुकै व्यक्तिले आफूसँग भएको जानकारी वा सबुद प्रमाण सहित केन्द्रीय बजार अनुगमन समिति, विभाग वा निरीक्षण अधिकृत समक्ष लिखित वा मौखिक वा विधुतीय माध्यमबाट समेत उजुरी दिन सक्ने" प्रावधान रहेको हुँदा त्यस्ता उजुरी तथा गुनासो दर्ताको लागि यस विभागले तपशिल बमोजिमको माध्यमको व्यवस्था गरेको विषय सबैमा जानकारीको लागि अनुरोध छ।
तपशिल
- टोल फ्रि नं. : ११३७
- इमेल : gunaso.banijyabibhag@gmail.com
- CRMIS Portal - monitoring.doc.gov.np/ConsumerComplaint