मिठाई

पृष्ठभूमि

खुला एवं वजारोन्मुख वाणिज्य नीतिले साधनको परिचालन, आर्थिक विकास र गरीवी निवारणमा सकारात्मक प्रभाव पुर्‍याउछ भन्ने मान्यतामा नेपालले विगत दुइ दशक यता यस्तो नीति अबलम्वन गर्दै आएको हो । तथापि पूँजी, प्रविधि तथा बजार पहुँचमा असहजता र विभिन्न मुलुक विच विद्यमान असमान आर्थिक स्तरको कारणबाट विपन्न र पिछडिएको मुलुकहरुले व्यापार उदारीकरणको लाभ लिन सकेका छैनन् । बिश्व व्यापार संगठन (World Trade Organization) को साथै दक्षिण एशियाली स्वतन्त्र व्यापार क्षेत्र SAFTA तथा विमस्टेक (BIMST-EC) आर्थिक समूहमा प्रवेश गरेको कारणबाट नेपालको बजार पहुँचलाई विस्तार गरेको भए तापनि देशको धरातल, हावापानी र बनस्पतीजन्य विविधताबाट प्राप्त उत्पादनका श्रोत र साधनसंग उचित प्रविधि, दक्ष जनशक्ति एवं लगानीको संयोजन गरी निर्यात प्रवर्द्धन गर्न सकिएको छैन । यसैले तुलनात्मक र प्रतिस्पर्धात्मक लाभ भएका निर्यातजन्य वस्तुहरुको पहिचान र विकास गरी बजार पहुँचको लाभ प्राप्त गर्न जरुरी देखिन्छ ।

वाणिज्य नीति-२०६५