मिठाई

यस विभागमा राजापत्रांकित प्रथम श्रेणी प्रशासन सेवाको महानिर्देशकको मातहतमा राजपत्रांकित द्वितीय श्रेणी, प्रशासन सेवाका तीनजना निर्देशकको दरवन्दी रहेको छ। हाल एउटा निर्देशक अर्न्तर्गत प्रशासन , योजना र निर्यात हेर्ने गरी जिम्मेवारी सुम्पिएको भने अर्को निर्देशक अर्न्तर्गत र्फम दर्ता नविकरण लगायत आयात हेर्ने गरी जिम्मेवारी सुम्पिएकोछ। यसैगरी अर्को निर्देशक अर्न्तर्गत वजार पर्रवर्द्धन तथा व्यवस्था, उपभोक्ता हित पर्रवर्द्धन तथा वजार अनुगमन तथा उपभोक्ता हित संरक्षण शाखाहरु रहेका छन्। शाखागत कार्यको लागि राजपत्रांकित तृतीय श्रेणी प्रशासन सेवाको शाखा अधिकृत र एक जना लेखा अधिकृत गरी ७ जना अधिकृतहरुको दरवन्दी रहेको छ।

यस विभागमा राजपत्रांकित ११ र राजपत्र अनंकित ३० गरी कूल ४१ जनाको स्थायी दरवन्दी स्वीकृत गरी कार्यसंचालन भै आएको छ। यस विभागको वर्तमान कार्य संचालनका आधारमा संगठनात्मक स्वरुप निम्नानुसारको छ।

वाणिज्य कार्यालयहरु

उपरोक्त वमोजिम वाणिज्य विभागको उद्देश्य परिपूर्ति गर्नको लागि कार्य सम्पादन गर्न वाणिज्य विभागको मातहतमा निम्न वमोजिम वाणिज्य कार्यालयहरु समेत स्थापना गरिएका छन्

  • वाणिज्य कार्यालय, विराटनगर।
  • वाणिज्य कार्यालय, वीरगन्ज।
  • वाणिज्य कार्यालय, भैरहवा।
  • वाणिज्य कार्यालय, नेपालगन्ज।
  • वाणिज्य कार्यालय, धनगढी।

बिस्तृत जानकारीको लागि यस लिंङ्कमा हेर्नुहोस्, धन्यवाद।