:: सूचना
सूचना - १
नेपाल सरकारले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी देहायका वस्तुको निकासी पैठारीमा देहाय बमोजिम पूर्ण वा परिमाणात्मक वन्देज लगाउने र देहायका वस्तुको निकासी पैठारी गर्दा देहाय बमोजिमका शर्त पालना गर्नु पर्ने गरी यो आदेश जारी गरेको छ। १. निकासीका लागि पूर्ण वन्देज लगाएका वस्तुहरुः (क) पुरातात्विक, ऐतिहासिक तथा धार्मिक महत्वका वस्तुहरु (१) विदेशी तथा स्वदेशी सिक्का; (२) देवी-देवताको मूर्ति, ताडपत्र तथा भोजपत्र; बिस्तृत जानकारीको लागि यस लिंङ्कमा हेर्नुहोस्, धन्यवाद।