मिठाई

वाणिज्य विभागको उद्देश्य

  • खुला तथा उदार वातावरणको सिर्जनाद्वारा निजी क्षेत्रको बढ्दो सहभागिताबाट आन्तरिक तथा अन्तराष्ट्रिय व्यापारलाई अभिवृद्धि गरी अर्थतन्त्रमा यस क्षेत्रको योगदानमा वृद्धि गर्ने।
  • निकासी व्यापारलाई प्रतिस्पर्धात्मक र दिगो रुपमा अभिवृद्धि गर्न नयाँ निकासीयोग्य वस्तुहरूको पहिचान गरी व्यापारमा विविधिकरण गर्ने।
  • व्यापार सन्तुलनलाई कायम गर्दै दिगो रुपमा व्यापारको विस्तार गर्ने।
  • रोजगारमूलक व्यापार विस्तार गरी अन्य क्षेत्रसँग यस क्षेत्रको सामन्जस्यता आवद्ध गर्ने।
  • आर्थिक दृष्टिकोणले बढी व्यावहारिक र स्तरीय रुपमा आन्तरिक मागको आपुर्ति गराउनुको साथै बढी मात्रामा विदेशी मुद्रा आर्जन हुने गरी निकासी बढाएर देशको सोधनान्तर स्थितिलाई सुव्यवस्थित गर्ने लक्ष्य लिई उदार तथा गतिशिल व्यापार नीति अवलम्वन गर्ने।
  • देशगत तथा वस्तुगत व्यापार अभिवृद्धिका लागि विशेष प्रयत्न गर्ने।

विभागको मुख्य मुख्य कार्यहरु

  • निकासी तथा पैठारी नीति निर्धारण र कार्यान्वयन गर्ने गराउने।
  • निर्यात व्यापार अभिवृद्धि तथा विकास गर्न सामयिक कदमहरु उठाउने।
  • आवश्यकता अनुसार वस्तुहरुको ब्रि्री बितरण तथा उपयोगका लागि इजाजत दिने र नियन्त्रण गर्ने
  • र्फमहरु सम्वन्धमा दर्ता देखि लिएर पर्रवर्द्धन सम्मका सवै काम कारवाही गर्ने।
  • आयातित वस्तुहरुको सुनियोजित वितरण गर्ने।
  • व्यापार, इजाजत, बितरण आदि कार्यको स्थिति बिस्तार र पर्रवर्द्धनका लागि उपयुक्त पाइलाहरु चाल्ने
  • व्यापारमा निजी क्षेत्र सहभागी हुन सक्ने आधार तथा वातावरणको सृजना गर्ने।
  • बिभागसंग सम्वन्धित कार्यहरुको सूचना अद्यावधिक राख्ने।
  • दैनिक रुपमा वजारको मूल्यसूचि संकलन गर्ने।
  • मूल्य सुचि अद्यावधिक तैयार (भारत तथा अन्तराष्ट्रिय वजार समेतको गर्ने)।
  • आवश्यक वस्तुहरुको नियमित रुपमा आपुर्ति भए नभएको अनुगमन गरी सम्वन्धित निकायलाइ जानकारी दिने।
  • आपुर्ति व्यवस्थापन सम्वन्धी आवश्यक कार्य गर्ने।